IME Life
GBIME

साधना लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाकोमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र शेयरमा आवेदन दिइसक्नुपर्नेछ । संस्थाले प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो।

जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो। लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

Crest

कम्पनीको आईपिओमा २३ गते बेलुका ५ बजेसम्ममा १३ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख ६३ हजार ३ सय ५२ आवेदकले ८८ लाख ६४ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन्।

यो कम्पनीले माग गरेको भन्दा १३.४० गुणा बढी हो । कुल आवेदकमध्ये आजसम्म ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको क्यापीटलले जानकारी दिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS