काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको गत आ.वको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ३१ प्रतिशतले घटेको छ ।कम्पनीले गत आ.वको सोही अवधिमा ५ करोड ८५ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड ४ लाख मात्र नाफा कमाएको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले २३ करोड ५२ लाख आम्दानी गरेको छ । चुक्तापूँजी १ अर्ब १५ करोड रहेको उक्त कम्पनीले जगेडाकोषमा ५ करोड २३ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा, तरलता अनुपात २ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ १सय ४ रुपैयाँ ५५ पैसा छ ।
नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त हुँदै आएको सूचीकृत दर विसं २०७६ मंसिर ८ गते बाट समायोजन भई पुरानो विद्युत् खरीदविक्री सम्झौता अनुरुप कायम भएको छ जसको असर विद्युत् विक्री आम्दानीमा देखिएको छ ।