काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पुँजि बजार तथा मुद्रा बजार सम्बन्धी समस्या समाधानको लागि सांसद रामकुमारी झाँक्रीको अध्यक्षतामा गठित उपसमितिले आज आफ्नो प्रतिवेदन अर्थ समिति समक्ष पेश गर्दैछ ।
आज अपरान्ह बस्ने अर्थ समितिको बैठकमा झाँक्रीले प्रतिवेदन पेश हुनेछ । गत वर्षको साउन २९ गते बुधबारका दिन अर्थ समितिका सभापति कृष्ण प्रसाद दहालले झाँक्रीको अध्यक्षतामा प्रमिला राई, रामबाबु कुमार यादव र हेम कुमार राई सदस्य रहेको उपसिति गठन गरेको थियो । सो उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिने नदिने सम्बन्धमा सुझाव पेश गर्न भनिएको थियो । दुई महिनाको समयावधी तोकेर गठन भएको उपसमितिले करिब ११ महिना लगाएर तयार पारेको प्रतिवेदन आज पेश गर्न लागेको हो ।
उपसमितिको प्रतिवेदनमाथि अर्थसमितिमा पुनः छलफल पश्चात बैंकलाई ब्रोकर लाईसेन्स दिने नदिने विषयसहित पुँजि बजार क्षेत्रमा महत्वपूर्ण विषयहरुमा निर्णय हुनेछ ।