काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ। बैंकले सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जनाएको छ ।
राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
५० रुपैयाँको नोटको अगाडिको भागको बाँयातर्फ सगरमाथाको चित्र, दयाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०७५ लेखिएको छ भने मध्य भागमा अंग्रजेमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।
त्यस्तै, हिँउ चितुवाको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१९ एडि लेखिएको राष्ट्र बैंकले बताएको छ ।