काठमाडौं । नेप्से ९ दशमलव ३५ अंकले बढेर १२६५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज १ सय ७२ कम्पनीको २८ लाख ६ हजार ८ सय ९८ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ३ करोड ३३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ , विकास बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १५करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।सूर्यादय लघुवित्तका शेयरधनीले बैंकका शेयरधनीले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।