काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएकी छन्।कम्पनीको असार १९ गते बसेको संचालक समितिको निर्णय अनुसार उनलाई अध्यक्षमा चयन गरेको हो ।
साथै कम्पनीको सभाले संस्थापक तर्फबाट संचालकमा बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाई चयन भएका छन् भने सर्वसाधारणतर्फ कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्र निर्विरोध निर्वाचित भएका छन् ।