काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ११ गते आइतबार दोश्रो वार्षिक साधारण सभा गर्ने गर्ने भएको छ । उक्त सभा होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजे शुरु गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको असार १४ गते आइतबार बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने, उदेश्य थप गर्ने, सञ्चालक समितिको व्यवस्थामा परिवर्तन, गणपुरक संख्या, सञ्चालकहरुको सुविधा जस्ता कारणहरुबाट सञ्चालक समितिको निर्णय बमोजिम प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संसोधन गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका अन्य एजेण्डा रहेको कम्पनीले जानकारी दिएको छ ।