काठमाडौं । छयाङदी हाइड्रोपावले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्म १ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट आम्दानी भने १० दशमलव ० प्रतिशतले बढे ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष यसैअवधिमा यसको खुद नाफा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ थियो । यता, गत वर्ष ३ करोड २५ लाख ९५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ३ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसाले बढेर ४ रुपैयाँ ३२ पैसा भएको छ ।