काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १०४औँ शाखारहित बैंकिङ्ग सेवा दोलखा जिल्लाको बाघखोरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा असार ३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
सोवा सञ्चालनका लागि व्यवसायीक प्रतिनिधीका रुपमा गोविन्द श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ ।