काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको बीमा दाबी रकम भुक्तनी गरेको छ । कम्पनीले कावासोतीका–३ का फर्निचर व्यवसायी मृतक महेन्द्र प्रसाद भुुर्तेलको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई १ करोड २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । उक्त चेक कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले भुुर्तेलकी पत्नी टिका कुमारी शर्मालाई चेक हस्तान्तरण गरेका थिए ।
मृतक भुुर्तेलले एक बर्ष अगाडी कम्पनीमा ५० लाख रुपैयाँको बीमा गरेका थिए । जसवापत मृतक भुुर्तेलले पहिलो किस्ता ३ लाख ७३ हजार मात्र बुझाएका थिए । दोश्रो किस्ता बुुझाउन नपाउँदै उनको असामयीक मृत्यु भएको थियो ।मृतक भुुर्तेलका दुई छोरा र श्रीमती रहेका छन् । भुर्तेलको ४० बर्षको उमेरमा मृत्यु भएको थियो ।