GBIME
IME Life

तीन पटक सकारात्मक सर्किट लागेर बन्द भयो शेयर बजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार नेप्से तीन पटक सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आज बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको हो। आज नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ।

यसअघि बजार खुलेको १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दा २० किनेटका लागि कारोबार रोकिएको थियो भने ११ बजेर ३३ मिनेटमा खुलेको बजार थप ३ मिनेटमै फेरि नेप्से ५ प्रतिशतले बढेपछि पुनः दोस्रो पटक ४० मिनेटका लागि स्थगित गरिएको थियो ।

SKYWELL
Crest

फेरि, तेस्रोपटक बजार १२ बजेर २४ मिनेट जाँदा नेप्से ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको हो ।

आज होटल बाहेक सबै उपसमूहका सूचक बढेका छन् भने नेपाल लाईफको सबैभन्दा धेरै ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै ४ करोड ९९ लाखको कुमारी बैंक संस्थापक शेयर, ४ करोड २४ लाखको हिमालयन डिष्टिलरी, २ करोड ५७ लाखको शिवम् सिमेन्टस्को शेयर कारोबार भएको छ। एनआईसी एशिया, एनएमबि बैंक, लागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको पनि १ करोड बढीको कारोबार भएको छ।

 

 

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS