काठमाडौं । एनआइबीएल प्रगति फन्डको जेठमसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पतिमूल्य (न्याभ) ८ रुपैयाँ ५४ पैसा रहेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ८ रुपैयाँ ५१ पैसा थियो । बैशाख महिनाको तुलनामा फन्डको न्याभ ०३ पैसाले मात्रै बढी हो ।
बैशाख महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी ५७ करोड ११ लाख ७१ हजार रुपैयाँ पुगेको छ । वैशाखमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५६ करोड ६४ लाख ३४ हजार रुपैयाँ थियो ।