काठमाडौं । सिटिजन्स बैंक र सहयोगी विकास बैंकको एकिकृत कारोबार असार २० गतेबाट हुने भएको छ । प्राप्ति प्रयोजनको लागि सहयोगीको १०० कित्ता शेयरलाई सिटिजन्सको ९१ दशमलव ७५ कित्ता शेयर (१ः० दशमलव ९१७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
सहयोगी विकास बैंकलाई गाभेपछि सिटिजन्स बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने बताइएको छ ।