काठमाडौं । मुक्तिनाथ विकास बैंकले शे्यरधनीहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ सम्मको डिम्याट खाता संचालन गरे वापतको वार्षिक शुल्क १ सय रुपैयाँ भुक्तानी गर्न अनुरोध गरेको छ । कम्पनीले सबै हितग्राहीहरुले असार मसान्तभित्रमा मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ ।
कम्पनीले तोकिएको समयमा बार्षिक शुल्क भ्ुक्तानी नगरेको खण्डमा खाता रोक्का हुने कम्पनीले जनाएको छ । हितग्राहीहरुले वार्षिक नविकरण शुल्क ई– सेवा, खल्ती, कनेक्ट आईपीएस तथा आइएमई–पे मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।