SKIP THIS

National Insurance
IME Life

सानेपास्थित स्टार अस्पतालमा २९ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको ललितपुरस्थित स्टार अस्पतालमा उपचार गराइरहेका एक जना २९ बर्षिय कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।

सानेपामा रहेको स्टार अस्पतालको भेन्टिलेटरमा राखेको केहीबेरमा नै उनको मृत्यु भएको हो । रौतहटका ति पुरुषमा एक्कासी दम लगायतका समस्या देखिएपछि स्टार अस्पतालमा पुर्याइएको थियो । उनको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । ति व्यक्तिमा कोरोना कहाँबाट सर्यो भन्ने खोजविन सुरु भएको छ ।

Prabhu
Crest

यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ४९ हजार नाघेको छ । हालसम्म विश्वभर पाँच लाखभन्दा बढि मानिसको प्राणघातक रोग कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ५५ लाख ५६ हजार कोरोना संक्रमति निको भइसकेका छन् भने ४१ लाख ८८ हजार भन्दा बढि मानिस अझै कोरोनासँग लडिरहेका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या आज केही घटेर १९६२० मा झरेको छ । अघिल्लो दिन २० हजारभन्दा बढि कोरोना संक्रमित भेटिएकोमा आइतबार केही घटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS