काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गते आफ्नो स्थगित साधारण सभा गर्ने भएको छ । संस्थाले चैत २७ गते बोलाएको वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित भएको थियो । उक्त सभा होटल न्यू ईरा, बुटवल, कालिकापथ, रुपन्देहीमा विहान ११ बजे शुरु हुने जनाएको छ।
सभामा हाल कायम भएको चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर सहित १।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
यसका साथै लघुवित्तको अधिकृत पुँजी वृद्धि गर्ने बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा छलफल हुने भएको छ। सभामा एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
सभाका लागि लघुवित्तले चैत १४ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। जसका लागि चैत १३ गतेसम्म कारोबार भई कायम रहेको शेयरधनीले साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।