काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोलिबाट शेयर कारोबार खोल्ने निर्णय गरेको छ । आज बसेको बोर्डसञ्चालक समितिको बैठकले सोमबारदेखि शेयर कारोबार खोल्ने निर्णय गरेको हो । भोलिबाट शेयर कारोबार खुल्ने सम्बन्धमा औपचारिक निर्णय भने भइसकेको छैन । नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिको बैठकलवे निर्णय गरेपछि मात्रै शेयर कारोबार खुल्ला हुनेछ ।
नेप्सेले नेपाल धितोपत्र बोर्डबाट शेयर बजार सुचारु गर्न लिखित पत्र आएको जनाएको छ । आजै बसेको बोर्ड बैठकले निर्णय गरेपछि नेप्सेलाई पत्र लेखेर भोलिबाट शेयर बजार सुचारु गर्न निर्देशन दिइएको बोर्डका प्रबक्ता निरज गिरीले बताए ।
बोर्डको पत्र प्राप्त भएपछि आजै नेप्सेको सञ्चालक समितिको बैठक डाकिएको छ । सम्भवतः आजै साँझ बस्ने बैठकले भोलिबाट शेयर बजार खोल्ने निर्णय गर्नेछ । भोलि विहान ११ बजेपछि शेयर कोरबार सुरु गर्नुपर्ने भएकोले आजै बैठक बसेर निर्णय गर्न लागिएको नेप्सेले जनाएको छ ।