Connect IPS
IME Life

स्विजरल्याण्ड सरकारले साना सिंचाई कार्यक्रमका लागि २ अर्ब २ करोड रुपैयाँको सहयोग गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। स्थानीय तह प्रदेश नं १ सरकारको सहकार्यमा कार्यान्वयन हुने उक्त सम्झौतामा अर्थमन्त्रालयका सह(सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्विट्जरल्याण्ड सरकारले १७ करोड ६० लाख डलर स्वीस फ्र्याङ्क २ अर्ब २ करोड रुपैयाँ बराबरको रकम सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम सानो सिंचाई कार्यक्रमको दोस्रो चरणको कार्यक्रमका लागि खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

यस कार्यक्रमको कुल बजेट ५ अर्ब ७० करोड अर्थात ४९ करोड ४६ लाख बराबर स्वीस फ्र्याङ्क मध्ये नेपाल सरकारले ८ करोड ८६ लाख स्वीस फ्र्याङ्क अर्थात एक अर्ब २ करोड रुपैयाँ खर्च गर्नेछ ।

त्यस्तै सहभागी स्थानीय तह र प्रदेश नं १ सरकारले उक्त योजनाको कुल बजेटको २० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ। यस्तै सिभिल कार्यहरूको लागि उपभोक्ता समितिहरुको कूल लागतको दशरदश प्रतिशत खर्च हुने बताइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS