काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले साधारण सभा पारित भएको १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको हितग्राही खातामा जम्मा गरेको छ ।कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरेको जनाएको छ ।
कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुका क्रमश ः बोनस शेयर जम्मा हुने समेत उक्त कम्पनीले जनाएको छ ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।