Connect IPS
IME Life

दुर्घटनाग्रस्त पाकिस्तान एयरलाइन्सका दुई पाइलटको लाइसेन्स नै नक्कली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत मे महिनामा पाकिस्तानमा भएको एक हवाई दुर्घटनाको मुख्य कारणमा सो जहाजका पाइलटको लाईसेन्स नै नक्कली भएको खुलेको छ । धावनमार्गमा ओभरशुटको क्रममा इन्जिन जोतिएपछि आगो लागेको जहाज मानव बस्तीमा खसेर भएको दुघर्टनामा अर्बौको बीमा दावी परेको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मानव बस्तीमै खसेको थियो । पाइलटको लाईसेन्स नै नक्कली भेटिएपछि अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको विषय बनेको छ।

कराँची विमानस्थल नजिकैको बस्तीमा सो विमान खसेको थियो । त्यस विमानमा रहेका मध्ये ९७ जनाको ज्यान गएको र दुई जना भने बाँचेको सो घटनामा मानवीय त्रुटीलाई मुख्य कारक मानिएको प्रतिवेदन त्यहाँको सरकारले सार्वजनिक गरेको छ । सिएनएनका अनुसार उक्त उडानमा दुईजना चालक दलका सदस्यको नक्कली लाइसेन्स भएको पाकिस्तानका नागरिक उड्डयन मन्त्री गुलाम सरवारले उल्लेख गरेका छन् । साथले उनले ३० प्रतिशत पाकिस्तानी पाइलटको लाईसेन्स नक्कली भएको रहस्य खुलेको समेत जनाएका छन् ।

Prabhu
Crest

उडड्यन मन्त्री गुलाम सरवार खानले ३० प्रतिशत पाइलटहरुको नक्कली लाइसेन्स रहेको र उडान गर्न योग्य नरहेको खुलासा गर्न गत वुधवार पत्रकार सम्मेलन नै आयोजना गरेका थिए । उडड्यन मन्त्री गुलाम सरवार खानले २६२ जनाले पाइलटको परिक्षा नदिएको भन्दै उनीहरुसँग उडानको अनुभव नरहेको पुष्टि गरेका छन् । हाल पाकिस्तानको आन्तरिक उडानमा ८ सय ६० जना पाइलटहरु कार्यरत छन् । साथै यसमा अन्तराष्ट्रिय एयरलाइन्स (पीआईए) फल्यागशिपका साथै धेरै विदेशी वाहकहरु रहेका छन् ।

पीआईका प्रवक्ता अब्दुल खानले नक्कली इजाजत पत्रहरु पीआईका मुद्दा मात्र नभई सम्पूर्ण पाकिस्तानी एयरलाइन्स उद्योगमा फैलिएको स्वीकार गरेका छन् । उनले केहि नक्कली पाइलटहरुले विदेशी उडानमा समेत सक्रिय रहेको बताएका छन् ।

साथैे पाकिस्तानका हवाई उडड्यन मन्त्री खानले उक्त विमानका चालक र हवाई कन्ट्रोलर अधिकारीले हवाई उडड्यन सम्बन्धी मापदण्ड पालना नगरेका कारण जहाज दुर्घटनाग्रस्त हुन पुगेको कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताएका छन् । साथै उक्त उडानमा आपतकालिन अवस्थामा पनि चालकहरु कोरोना भाइरसकोबारेमा कुराकानीमा व्यस्त हुँदा जहाज दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।

खानका अनुसार उक्त विमान रहेका पाइलटहरुलाई एयर ट्राफिकले जहाज एकदमै उच्च स्थान रहेको हुँदा अवतरण नगर्न आग्रह गर्दा पनि कप्तानहरुले उक्त निर्देशनलाई ध्यान नदिएको खुलेको छ । एयर ट्राफिकले उक्त निर्देशनलाई वेवास्ता गर्दै ल्यान्डिङ गियर नघटाई हवाई अवतरण गर्ने क्रममा ओभरशूट गर्नु परेको थियो । ओभरशूट गर्दा जहाजको इन्जिनले जमिनमा धसारिएर घर्सण उत्पन्न हुन पुगि आगो लागेको थियो । ओभरसूट गरिएको जहाज पुनः अवतरणको क्रममा विमानस्थलमा नफर्कदै दुर्घटनामा परेको थियो । बीमान चालक नै नक्कली रहेको खुलेपछि अब बीमा दावी के हुन्छ ? यस बारेमा केही बताइएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS