Connect IPS
IME Life

कोरोनाबाट संक्रमितको संख्या करोड नाघ्यो, भारत, अमेरिका र ब्राजिलमा अवस्था भयावह बन्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत, विश्वकै सर्वशक्तिमान देश अमेरिका र दक्षिण अमेरिकी महादेशको सबैभन्दा राम्रो लोकतन्त्र भएको देश ब्राजिलमा कोरोनाको अवस्था अझै भयावह बन्दै जाँदा विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।

हालसम्म विश्वभरमा पाँच लाखभन्दा बढि मानिस कोरोनाबाट मृत्युवरण गर्दा अमेरिकामा मात्रै एक लाख २८ हजार भन्दा बढिको ज्यान गएको छ । छिमेकी मुलुक भारतमा १६ हजारभन्दा बढिको मृत्यु भएको छ । दैनिक फैलिने क्रममा आधारमा सबैभन्दा बढि अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत हुन पुगेको छ । यी तीन वटै देशमा कोरोना भाइरसको फैलनेक्रम विश्लेषण गर्दा उल्लेखित देशहरुमा कोरोनाको अवस्था झनै भयावह हुने देखिएको छ ।

Prabhu
Crest

कोरोना सम्बन्धी तथ्याङ्क संकलन गर्दै आएको वल्र्डोमिटर्सले संकलन गरेको तथ्याङ्क अनुसार हालसम्म एक करोड ८६ हजार १ सय ५८ जना कोभिड(१९ बाट संक्रमित भएका छन् । त्यस्तै, सोही तथ्याङ्क अनुसार कोरोना भाइरसको कारणबाट मृत्यु हुनेको संख्या पाँच लाख १ हजार २ सय ६२ पुगेको छ । कोरोनाबाट ठीक हुनेको संख्या ५४ लाख ५७ हजार ८ सय ९८ रहेको उसको तथ्याङ्कमा उल्लेख छ ।

पहिलो स्थानमा रहेको अमेरिकामा २५ लाखभन्दा बढि कोरोनाबाट संक्रमित भएका छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १३ लाख १३ हजार ६ सय ६७ पुगेको छ । तेस्रो स्थानमा रहेको रसियामा ६ लाख २६ हजार ७ सय ७९ जना संक्रमित छन् । चौथोमा रहेको भारतमा ५ लाख ८ हजार ९ सय ५३ जना संक्रमित छन् ।

मृत्यु हुनेको संख्यामा ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यहाँ ५७ हजार ७० जनाले ज्यान गुमाएका छन् । बेलायतमा संक्रमणबाट ४३ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन् भने इटालीमा ३४ हजार ७१६ जनाले ज्यान गुमाएका छन् । त्यस्तैगरी, फ्रान्समा २९ हजार, स्पेनमा २८ हजार, मेक्सिकोमा २६ हजार, भारत १६ हजार, इरान १० हजार, बेल्जियम, पेरु र जर्मनमा नौ नौ हजारको मृत्यु भएको छ । त्यस्तै, रसियामा आठ हजारको मृत्यु भइसकेको कोरोनाबाट चीनमा निकै कम चार हजार छ सय भन्दा बढिको मृत्यु भएको छ ।

नेपालमा हालसम्म जम्मा २८ जनाको मृत्यु भएको कोरोनाबाट हालसम्म १२ हजारर तीन सयभन्दा बढि संक्रमित भइसकेका छन् । अन्य देशको तुलनामा र नेपालमा भारतमा निकै कम मृत्युदर रहेको तथ्याङ्कले देखाएको छ ।

उता, दक्षिण एसियाको अवस्था पनि दयनिय नै बन्दै गएको छ । बंगलादेश, पाकिस्तानमा कोरोनाबाट संक्रमण हुनेको संख्या बृद्धि हुँदै गएको छ । बंगलादेशमा एक लाख ३३ हजार भन्दा बढि संक्रमित भइसकेका छन् । त्यहाँ मृत्यु हुनेको संख्या एक हजार छ सयभन्दा बढि छ । त्यस्तै, पाकिस्तानमा दुई लाख दुई हजार कूल संक्रमित हुँदा चार हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्दासम्म कोरोना अझै कहिले नियन्त्रण हुन्छ निश्चित हुन सकेको छैन । कोरोनाकै कारण विश्वभरकै मानिसको दैनिक जीवनयापन कठिन बन्दै गइरहेको छ । कोरोनाको कारण घोषित अघोषित रुपमा जारी लकडाउन विश्वभर नै जारी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS