Connect IPS
IME Life

छुट्ला है ! एनआईसी एशिया लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज असार १४ गते एनआईसी एशिया लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन रहेको छ । निस्काशन गरिएको शेयर भन्दा धेरै आवेदन परे पछि असार १४ गते बेङ्किङ्ग समय पश्चात आईपीओ बन्द हुँदै छ ।

Prabhu
Crest

 

प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गरेको हो । उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ ।

शुक्रबार सम्म २ लाख ९० हजार जनाले आवेदन दिएका छन् भने ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अन्तिम दिन सम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा धेरै लगानीकर्ताले आवेदन दिए भने केही लगानीकर्ताको हात रित्तो हुने सम्भावना पनि हुन्छ । त्यस्तै अन्तिम दिनसम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा थोरै लगानीकर्ताको आवेदन पर्यो भने सबैलाई दश कित्ता शेयर भागमा पर्ने र  केहीलगानीकर्तालाई गोलाप्रथाबाट २० कित्ता शेयर पर्ने सम्भावना पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS