एजेन्सी। भारत स्थित जिलेट कम्पनीले नाई व्यवसायमा आवद्ध ५० हजार नाईलाई १ लाख भारतीय रुपैयाँ सम्मको कोरोना बीमा गराउने योजना ल्याएको छ । नाईहरु आफ्नो काममा फर्के पछि जिलेटले बीमा गराईदिने छ ।
नाईहरु कोरोना भाइरसको उच्च जोखिममा भएको कुरालाई मध्यनजर गर्दै जिलेटले ” जिलेट बारबर सुरक्षा प्रोग्राम “ घोषणा गरेको छ। यो योजनाले बीमा संगै नाईहरुलाई कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक भिडियोहरु पनि बनाएको छ।
त्यस्तै जिलेट कम्पनीले नाईहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन विभिन्न स्वास्थ सामग्रीहरु जस्तै स्यानिटाइजर, मास्क आदि पनि उपलब्ध गराउने छ।