GBIME
IME Life

स्विस बैंकमा पैसा जम्मा गर्ने देशहरुको सूचिमा नेपाल ११८ औ स्थानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन २०१९ मा स्विस बैंकमा पैसा जम्मा गर्ने देशहरुको सूचिमा नेपाल ११८ औ स्थानमा रहेको छ । स्विजरल्याण्डको केन्द्रीय बैंकले सार्वजनिक गरेको सन २०१९ को बार्षिक प्रतिवेदन अनुसार नेपाल ११८ औ स्थानमा रहेको जनाएको छ । रिपोर्ट अनुसार पहिलो स्थानमा बेलायत रहेको छ । स्विस बैंकमा पैसा लुकाउने देशहरुको सूचि करिब २ सय रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनका अनुसार नेपाल धेरै भ्रष्टाचार गर्ने मुलुकको सूचिमा ११३ औं स्थानमा रहेको छ । धेरै भ्रष्टाचार हुने भएपनि कालो धनको मात्र पनि उत्तिकै हुने सम्भावना हुन्छ । त्यसैले नेपालीहरुको स्विस बैंकको पहुँच पनि माथिल्लो स्थानमा नै रहेको छ।

SKYWELL
Crest

सन २०१९ मा सबैभन्दा धेरै स्विस बैंकमा पैसा लुकाउने देशमा ब्रिटेन रहेको छ । गत वर्ष पनि पहिलो स्थानमा ब्रिटेन नै थियो । ब्रिटेन नागरिक तथा संस्थाले लुकाएको पैसा विदेशीहरुले लुकाएको कुल रकमको २७ प्रतिशत हिस्सा ओगटेको स्विजरल्याण्डको केन्द्रीय बैंकले जनाएको छ ।

स्विस बैंकका पैसा लुकाउनेमा धेरै ब्रिटिस नागरिक तथा संस्था रहेका छन भने दोस्रो नम्बरमा अमेरिकी नागरिक तथा संस्था रहेका छन । त्यसैगरी स्विस बैंकका धेरै पैसा लुकाउने तेस्रो देशमा वेस्ट इण्डिज रहेको छ । स्विस बैंकमा पैसा लुकाउने देशको सूचिमा फ्रान्स चौथो स्थानमा छ भने हङकङ पाँचौ स्थानमा रहेको छ ।

स्विस बैंकमा पैसा लुकाउने शिर्ष देशमा जर्मनी, लक्जम्बर्स, बहामास, सिंगापुर र केमैन आइलण्ड रहेका छन । स्विस बैंकमा पैसा लुकाउने शिर्ष २२ देशको हिस्सा कुल रकमको एक प्रतिशत भन्दा माथि रहेको जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS