काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिकाबीच सम्झौता भएको छ । काठमाण्डौ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्वन्धमा आज महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा मामहानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रशासन विभागका प्रमुख ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गरे ।
त्यस्तै, संस्थानका नायव महाप्रवन्धक रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकतातर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदानगर्न सदा प्रयत्नशील रहेको कुरा उल्लेख गरे ।