काठमाडौं । गत बैशाख ७ गतेदेखि सुरु गरिएको कोरोना बीमा पोलिसी खरिद गर्ने सर्वसाधारणको संख्या पाँच लाख दुई हजार नाघेको छ । बीमा पुलबाट प्राप्त तथ्याङ्कमा अद्यावधिक गर्दा अझै थप हुनसक्ने छ ।
हालसम्म करिब २८ करोड अर्थात २७ करोड २७ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा पुलले जनाएको छ । हिजोसम्मको तथ्याङ्कमा केही कम्पनीहरुको विवरण अद्यावविक गर्न बाँकी रहेको छ । प्राप्त विवरण अनुसार हालसम्म जम्मा चार जनाको कोरोना बीमा भुक्तानी गरिएको छ । बीमा समितिले कोरोना महामारीमा राहत दिन ल्याएको उक्त प्याकेजको जोखिम पहिलो पटक बीमा समितिले समेत बहन गर्ने जनाएको छ ।