काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोलि शुक्रबार अपरान्ह साढे दुई घण्टा लामो धितोपत्र बजार तथा बस्तु विनिमय सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । अनलाईनमा आधारित तालिममा भाग लिनको लागि अग्रिम नाम दर्ता गर्नुपर्ने पूर्व शर्त राखिएको छ ।
बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा तालिम सञ्चालन गर्न लागेको हो । वेभनारमा अपरान्ह २ बजेदेखि सुरु हुने तालिम बोर्डका निर्देशक मुक्ति अधिकारी, सिडिएससीका सहायक व्यवस्थापक योगराज जोशी, ग्लोबल आईएमई क्यापिटलका पारसमणि ढकालले सञ्चालन गर्नेछन् । सहजकर्ताका रुपमा बोर्डका निर्देशक अनुज कुमार रिमालले गर्ने नेपाल धितोपत्र बोर्डद्वारा आज प्रकाशित सूचनामा जनाइएको छ ।
बोर्डले पहिलो चरणको तालिममा नयाँ मोडालिटीको पाठ्यक्रम अनुसार आधारभूत तहको तालिम दिन लागेको जनाएको छ ।