Connect IPS
IME Life

राजधानीको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु, कूल संख्या २६ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बिहिवार पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले पाटन अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यससँगै ललितपुरमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Prabhu
Crest

पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका ति पुरुषमा यही असार ५ गते कोरोना पोजेटिभ पुुष्टि भएको हो । त्यसपछि पाटन अस्पताल ल्याइएको उनको आज मृत्यु भएको हो । उनको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोली पुगिसकेको पाटन अस्पतालले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS