काठमाडौं । माछापुच्छ्रे बैंकले बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा खारेज गरेको छ । बैंकले विभिन्न ५ वटा बचत खातामा दिँदै आएको बीमा सुविधा हटाइने जनाइएको छ ।
बैंकले स्मार्ट बचत खाता, तलव ब्यबस्थापन खाता, रेमिट्यान्स बचत खाता, उच्च शिक्षा निक्षेप योजना, र एमबिएल बचत खाता खातामा बीमा सुविधा दिँदै आएको थियो । बैंकले एक सुचना जारी गर्दै अब यी बचत खातामा बीमा सुविधा नदिने जानकारी गराएको छ ।
विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा प्राविधिक कारणले गर्दा यो सुचना प्रकाशित भएको मितिले २१ दिन पछि यो नियम लागु हुने बैंकले जनाएको छ ।