एजेन्सी। बंगलादेशको निजी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत जमाल मोहम्मद अबु नासेरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आईतबार युनाईटेड हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । जमाल बंगालदेश इन्स्योरेन्स एसोसियसनमा पनि आवद्ध थिए ।
जमालले १९८६ यता विभिन्न जीवन बीमा कम्पनीका माथिल्लो तहमा काम गरेका थिए । जमालले सन् २०११ मा नेशनल लाईफ इन्स्योरेन्समा प्रवेश गरेकोमा सन् २०१२ मा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । ढाका विश्वविद्यालयबाट सन् १९८४ मा तथ्यांकशास्त्रमा मास्टर्स गरेका थिए ।