काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम्र –२ ले जेठ मसान्तसम्ममा १० रुपैयाँ १३ पैसा रहेको छ। अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ०९ पैसा रहेको थियो ।
फन्डमा ४९ वटा सूचीकृत कम्पनीको शेयरमा सूचीकृत भएको छ । फन्डमा जेठ मसान्तसम्म आइपुग्दा सूचीकृत कम्पनीको सेयरमा ७३ करोड २० लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । वैशाखसम्ममा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ७२ करोड १८ लाख ६४ हजार रुपैयाँ लगानी गरेको थियो ।