काठमाडौं । गरिमा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले एक सुचना जारी गर्दै असार १ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको सुचना अनुसार मुद्धति निक्षेपतर्फ सर्वाधिक ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । त्यस्तै, कर्जातर्फ १० दशमलव ९७ प्रतिशत बेस रेट कायम गरेको छ ।