काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ५ बर्षभन्दा पुरानो लाभांश लिन नआएका शेयरधनीहरुलाई पुरानो लाभांश संकलन गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
कम्पनीले लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने भएकाले यथाशिघ्र रुपमा आफ्नो लाभांश सुरक्षित गर्न आग्रह गरेको हो । साथै कम्पनीले लाभांश लिन बाँकि रहेका शेयरधनीहरुको विवरण कम्पनीको वेवसाइमा राखेको हुँदा उक्त विवरण हेर्न आग्रह गरेको छ ।