काठमाडौं । ब्रोकर नम्बर ३४ भिजन सेक्यूरिटिजले २०७७ असार मसान्त सम्म डिम्याट खाता र मेरो शेयर सेवा नि:शुल्क गरेको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्व बोध गर्दै राहत स्वरुप नि:शुल्क डिम्याट खाता र मेरो शेयर योजना ल्याएको हो ।
भिजन सेक्यूरिटिजको केन्द्रिय कार्यालय अनामनगरमा रहेको छ भने यस बाहेक उपत्यका बाहिर बनेपा र भैरहवाबाट ब्रोकर सेवा उपलब्ध गराउँदै आएको छ । निशुल्क डिम्याट खाता र मेरो शेयर सम्बन्धी थप जानकारीका लागि भिजन सेक्यूरिटिजका डिपी प्रमुख सुदिप अर्याललाई 9840028260 मा सम्पर्क गर्न सकिने छ ।