काठमाडौं । मुक्तिनाथ विकास बैंकले मृतकको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत चितवनको पार्वतीपुरमा रहेको बैंककको शाखा कार्यालयबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएको र उनले चुक्ता गर्नुपर्ने रकम बैंकले मिनाहा गरिदिएको बैंकले जनाएको छ ।
बैंकले मृतकले लिएको बिनाधितो कर्जाको भुक्तानगर्न बाँकी रकम २२ हजार ४९९ रुपैयाँ तथा भुक्तान गरीसकेको साँवा र ब्याज रकम दुइ लाख तीन हजार ४८३ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।
त्यस्तै काजक्रिया खर्च बापतको रकम पाँच हजार रुपैयाँ बैंकको पार्वतीपुर शाखाका प्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख ढुण्डराजपौडेलले मृतककी छोरी विनिता दर्जीलाई हस्तान्तरण गरेको जनाइएको छ ।