काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एसटीसी) र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स (जीएमबीएफ) बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउन सम्बन्धी उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।
उक्त सम्झौता पत्रमा एसटीसीका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र जीएमबीएफका तर्फबाट सिईओ दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो(छरितो, रुपमा बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त गर्ने विश्वास लिएको छ।