काठमाडौं । एलआइसी नेपालको बीमाशुल्क रकम अनलाइन मार्फत भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले देश लकडाउनमा रहेको बेलामा ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी घरमै बसेर आफ्नो बीमाको बीमाशुल्क रकम अनलाइन भुक्तानी गर्न सकिने बनाएको कम्पनीले जनाइएको छ ।
कम्पनीले सोका लागि वेभसाइडमा राखिएको अनलाइन पोर्टल अन्तर्गत पे प्रिमियम अनलाइनलाई क्लिक गरी आफ्नो बीमा बारेमा विवरण भर्न सकिने बताएकोे छ । त्यहाँबाट कनेक्ट आइपीएस मार्फत आफ्नो बैंक खाताबाट बीमाशुल्क रकम अर्थात प्रिमियम भुक्तानी गरी रसिद प्राप्त गर्न सकिने कमपनीले जानकारी दिएको छ ।
बीमा शुल्क तिर्न चाहाने ग्राहकहरुले आफ्नो बैंक खाता कनेक्ट आइपीएसमा रजिष्टर गरेको हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।