Connect IPS
IME Life

रसुवागढी आयोजनाको करोडौं भौतिक संरचना बाढीले बगायो, प्रिमियर इन्स्योरेन्समा पर्यो बीमा दावी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माणाधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा शनिबार बाढीले क्षति पुर्याउँदा करोडौं रुपैयाँको क्षति पुगेको छ । निर्माणाधिन आयोजनाको भौतिक संरचना बगाउनुको साथै करोडौं मूल्यका निर्माण सामग्री समेत बनाएर क्षति पुगेको हो । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको संयुक्त लगानी रहेको सो आयोजना रसुवागढी जलविद्युत कम्पनीले चिनियाँ ठेकेदारमार्फत निर्माण गराइरहेको छ । सो आयोजनामा शनिबार अपरान्हपछि परेको अविरल वर्षाले ठूलो क्षति पुर्याएको हो ।

रसुवा गढी आयोजना प्रमुख छवी गैरेका अनुसार बाढीका कारण सो आयोजनामा करोडौंको क्षति भएको र क्षति पुगेको विवरण संकलन गर्ने काम भइरहेको बताए । आयोजनामा प्रयोग गर्न तयारी अवस्थामा रहेको १०० टन डण्डी, पम्प, फर्म बगाएको छ । त्यस्तै, आयोजनाको मुख्य स्टक्चरमा पानी पसेर क्षति पुगेको रसुवागढी आयोजनाले जनाएको छ । त्यस्तै आयोजनाको बाँधमा समेत क्षति पुगेको छ । प्रारम्भिक रुपमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै एउटा पुल बगाएको छ । रसुवागढीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको एउटा स्काभेटर, लोडर र टिफर समेत नदिमा देखिएका छन् ।

Prabhu
Crest

आयोजनामा पुगेको क्षतिको बीमा प्रिमियर इन्स्योरेन्समा दावी परेकोेछ । प्रिमियर इन्स्योरेन्सको प्रधान कार्यालयले आज विहान रसुवागढी आयोजनाको बीमा दावी परेको जनाएको छ । चिनियाँ ठेकेदार कम्पनी चाईना इन्टरनेशल वाटर एण्ड इलेक्ट्रिकल कर्पोरेशनले निर्माण गरिरहेको सो आयोजनाको गत बैशाखसम्ममा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS