Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको हकप्रद असार २५ गते बन्द हुने, शेयरधनीको नाममा सूचना जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद शेयर लकडाउनको कारण स्थगन भएकोमा लकडाउन सहज भएको भन्दै हकप्रद टुंग्याउने निर्णय गरेको छ । एनएलजी इन्स्योरेन्सले आफ्ना सबै शेयरधनीको नाममा सूचना जारी गरी यही असार २५ गते बैंकिङ समयभित्र हकप्रद शेयरका लागि आवेदन दिन भनेको छ ।

कोरोना भाइरसका कारण गत फागुन २२ गतेदेखि चैत्र १२ गतेसम्मको लागि खुल्ला गरिएको हकप्रद शेयर बिक्री कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि स्थगित भएको थियो । कम्पनीले पुनः लकडाउन खुकुलो भएकोले यही असार २५ गतेसम्म अन्तिम म्याद तोकेर सो प्रक्रिया पुरा गर्न सूचना जारी गरेको हो ।

Prabhu
Crest

कम्पनीले १००ः६० अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासनको प्रक्रिया सुरु गरेकोमा गत चैत्र ११ गते यता पटक पटक स्थगित हुँदै आएको थियो ।

कम्पनीद्वारा जारी सूचना अनुसार एनएलजीको हकप्रद शेयर यही असार ९ गते मंगलबारबाट पुनः बिक्री खुला हुनेछ । सो हकप्रद शेयरमा लगानीकर्ताले १०० बराबर ६० कित्ता बराबरको अनुपातमा यही असार २५ गते बिहीबारसम्म आवेदन दिन सक्ने कम्पनीले सूचनामार्फत जनाएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि माघ २७ गते, बुक क्लोज गरेको थियो । नेप्सेमा माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS