IME Life

रिडी हाइड्रोपावरको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासम्ममा ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिमा जगेडा कोषको आकार २ करोड ९६ लाखबाट वृद्धि भई ६ करोड ४ लाख ६१ हजार रूपैयाँ पुग्दा पुगेको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा यस कम्पनीले २ करोड ३२ लाख ५४ हजार रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनाम कम्पनीको नाफा ३०३ प्रतिशतले बढी हो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री आम्दानी ३ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा विद्युत बिक्री आम्दानीबाट १ करोड १५ लाख ९७ हजार नाफा आम्दानी गरेको कम्पनीले २४४ प्रतिशतले आम्दानी बढाएको हो। यस अवधिमा कम्पनीले सञ्चालन नाफा पनि ९८ लाख ७ हजार रुपैयाँबाट बढेर ३ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुर्याएको छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा छ । प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS