Connect IPS
IME Life

रेमिट्यान्समा देखियो कोरोनाको असर, बैशाखमा रेमिट्यान्स अप्रवाह ६.१ % घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा स्वदेश भित्रिने रेमिटेन्स् ६ दशमलव १ प्रतिशतले घटेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै अर्थसंकटमा गइरहेको अवस्थामा वैदेशिक रोजगारीको गएका नेपालीहरुको आम्दानीमा प्रभावित भएको कारण् रेमिट्यान्स घट्न पुगेको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आई रु.६८० अर्ब ८४ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

Prabhu
Crest

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु.७७२ अर्ब ५१ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

चालु आवको दश महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS