IME Life

असार ८ गतेदेखि शेयर कारोबार खोल्ने तयारी, खुल्नुअघि राहत प्याकेज घोषणा गर्न लगानीकर्ताको माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले भोलि असार ४ गते सम्मको लागि स्थगन गरेको शेयर कारोबार पुनः स्थगन नगरी खोल्ने तयारी गरेको छ । लकडाउन अवधीभर शेयर बजार बन्द गर्दै आएको नेप्सेले सम्भवतः आगामी सोमबार अर्थात असार ८ गतेबाट नियमित कारोबार सुरु गर्नेछ । उता, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोवार खोल्नुअघि राहत प्याकेजको घोषणा गर्न शेयर लगानीकर्ताहरुले माग गरेका छन् । पुँजि बजारका लगानीकर्ताहरुले शेयर कारोबार खोल्नुअघि आफ्ना केही मागहरु पूरा हुनुपर्ने अडान अघि सारेको छ ।

जेठ ३२ गतेको सञ्चालक समितिको बैठकबाट नेप्सेले भोलि असार ४ गते बिहिवारसम्म बजार स्थगनको निर्णय गरिसकिएको छ । असार ५ र ६ गते शुक्रबार र शनिबार परेकोले कारोवार हुँदैन । त्यस्तै, असार ७ गते आइतबार सूर्य ग्रहण परेकाले सार्वजनिक विदा दिने सम्भावना रहेकोले सो दिन समेत शेयर कारोवार नहुने सम्भावना छ । यस पटकको खण्डग्रास सूर्य ग्रहण ८० प्रतिशतभन्दा बढि भाग ढाकिने र मध्यान्हमा परेकोले सार्वजनिक विदा दिने सम्भावना प्रवल छ । आगामी चार दिनको बीचमा कुनै अर्को संयोग नघटेमा आगामी असार ८ गतेदेखि शेयर कारोबार खुल्ने देखिएकोे छ ।

Prabhu
Crest

असार ७ गते आइतबार सार्वजनिक विदा दिए सो को भोलिपल्ट अन्यथा सोही दिनबाट शेयर कारोबार गर्ने तयारीमा नेप्से जुटिसकेको छट । नेपाल स्टक एक्सचेन्जले पनि सबै ब्रोकर कार्यालयहरु हिजो एक सुचना जारी गरी शेयर कारोबार खुल्ला हुन सक्ने हुँदा आवश्यक तयारी गर्न तथा तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । नेप्सेद्वारा जारी सूचनामा भनिएको छ, ‘सुविधाहरु लिई कारोवारको लागि तयारी अवस्थामा रहन सबै सदस्य दलाल तथा लगानीकर्ताहरुलाई अनुरोध गरिन्छ ।’

नेप्सेका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने, ‘हामी त सुरुदेखि नै शेयर कारोबार खोल्ने पक्षमा थियौं र अहिले पनि खोल्न तयारी अवस्थामा नै छौं । नियमनकारी निकायले अब खोल्ने मनसाय देखाएको छ । शायद अब खुल्छ होला ।’

उता, लगानीकर्ताहरुले भने शेयर बजार खुल्नुअघि केही न केही राहत प्याकेज घोषणा गर्नुपर्ने माग अघि सार्दै आएको छ । लगानीकर्ताहरुले शेयर धितो कर्जा ६५ प्रतिशतबाट बृद्धि गरी ८५ पुर्याउनुपर्ने, ५ प्रतिशत क्यापिटल गेन ट्याक्स अन्तिम कर हुनुपर्ने तथा शेयर कारोबार पूर्ण अनलाईन प्रणालीमा सञ्चालन गरिनुपर्ने कुरालाई मुख्य प्राथमिकताका साथ अघि बढाएको छ । लगानीकर्ताहरुको एजेण्डालाई धितोपत्र बोर्डले समेत सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकलाई केही दिन पहिले पत्र पठाएरै शेयर धितोकर्जाको रेसियो बृद्धि गरी ६५ बाट ७५ पुर्याउन आग्रह गरिसकेको छ ।

लगानीकर्ताहरुको एजेण्डा लिएर नेतृत्व गर्दै आएकी राधा पोखरेलले भनिन्, ‘हामी निरन्तर छलफलमा छौं । यत्रो महामारीको चेपटामा लगानीकर्ताहरु परेका छन्, बजेटमै केही सम्बोधन होस् भन्ने चाहेका थियौं, भएन । त्यसैले कारोबार खुल्नुअघि केही न केही राहत घोषण भइदिए लगानीकर्ताहरुको आत्मबल माथि उठ्नेछ ।’ उनले नयाँ लगानीकर्ताहरुलाई शेयर बजारमा आकर्षित गर्न पनि राहत प्याकेज आवश्यक भएको बताईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS