Connect IPS
IME Life

कोरोनाबीच देशको आर्थिक अवस्था शक्तिशाली: शोधनान्तर स्थिति १२० अर्ब बचतमा, विदेशी मुद्रा संचिति १२३५ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो मुलुकको पछिल्लो अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति १२० अर्ब ९० लाख रुपैयाँले बचतमा रहेको जनाएको छ । त्यस्तै विदेशी मुद्रा संचिति पनि निकै बलियो बन्दै १२३५ अर्ब पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।

लकडाउनका कारण आयात प्रभावित भएपछि शोधनान्तरस्थिति बचतमा गएको अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधीमा ६८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेकोमा यस वर्ष कोरोना महामारीका बीच ठूलो मात्रामा नाफामा देखिएको हो ।

Prabhu
Crest

विदेशी मुद्रा संचिति निकै बलियो अवस्थामा देखिएको छ । नेपालको विदेशसँग खरिद गर्ने क्षमतामा उच्च बृद्धि भई १२३५ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले तथ्याङ्कमार्फत जनाएको छ । गत वर्ष यस्तो संचिति १००० अर्ब हाराहारीमा थियो । विदेशी मुद्रा संचिति सबै सरकारको पैसा भने होइन । नेपालसँग रहेको कूल विदेशी मुद्रा संचिति हो । उक्त संचितिले आगामी १० महिनासम्म नेपालले विदेशी मुद्रा एक पैसा पनि भित्राउन नसकेपनि आवश्यक सामग्री खरिद गर्ने क्षमता राख्दछ ।

उता, नेपालको मुख्य स्रोत विदेशबाट आउने पैसा भने छ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार विभिन्न देशहरुबाट भित्रने रेमिट्यान्स ६.१ प्रतिशतले घटेको छ । यद्यपि चैत्रमा निकै न्यून रहेको रेमिट्यान्स बैशाखमा भने बढेको हो ।

चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाखसम्मको विवरण अनुसार ६८० अर्ब रुपैयाँ रेमिट्यान्स बापत नेपाल भित्रिएको छ । लकडाउन अवधीमा पनि ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । कोरोना महामारीको असर विश्वव्यापी रुपमा परेकाले लकडाउनका कारण १०० अर्बको हाराहारीमा रेमिट्यान्स प्रभावित हुने अनुमान छ ।
हिजो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चाल आवको १० महिनामा कूल १७ अर्ब ४२ करोड रुपैयाँ विदेशी लगानी नेपालभित्रिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS