दमौली । सारथि लघुबित्त बित्तिय संस्थाले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले उक्त बीमा सगरमाथा इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।
कम्पनीले यस्तो विषम परिस्थितीमा सेवामा निरन्तर रुपमा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्न कोरोना बीमा प्रभावकारी औजार हुने इन्स्योरेन्सका दमौली शाखा प्रमुख प्रकाश थापाले बताए ।
कम्पनीले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको संस्थाका डिसिओ राम सापकोटाले जानकारी दिए ।