काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। । कञ्चनपूरको भि.न.पा. ६ ऐठपूरका बीमीत हरेन्द्र सिंह साउदको हृदयघातबाट मृत्यु भएको कारण कम्पनीले मृतकको धर्मपत्नी डम्रादेबी साउंदलाई उक्त चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक कम्पनीको महेन्द्रनगर शाखा कार्यालयका शाखा प्रमुख गणेश सिंह साउंदले मृतक साउंदको घरमै बीमा दाबी वापतको आठ लाखको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीको महेन्द्रनगर शाखामा सावर्धिक जीवन बीमा अन्तर्गत ५ लाख २६ हजार एकल भुक्तानी गरेका मृतक साउदको झण्डै ९ महिना पछि गत बैशाख ५ गते मृत्यू भएको थियो ।