काठमाडौं । लकडाउन खुकुलो बनाएको पहिलो दिनमा नै राजधानी काठमाडौं उपत्यकामा पाँच जनामा कोरोना भाइरस पुष्टि भएको छ । राजधानी उपत्यकाको काठमाडौं जिल्लामा चार जना र ललितपुरमा एक जनासहित कूल पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार सोमबार एकै दिनमा ४५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आज थप भएको तथ्याङ्कसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या छ हजार २११ जना पुगेको छ । नेपालमा एकै दिन ४५१ जनामा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । कोरोना भाइरसको संक्रमणको दर दिनदिने बढ्ने क्रममा रहेकोछ ।
मन्त्रालयका अनुसार सोमबार मात्रै ६७ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म एक हजार ४१ जना कारोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर गइसकेका छन् ।