काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश र हकप्रद जारी गर्ने एजेन्डा सहित १३ औ बार्षिक साधारणसभा बोलाएको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले असार २५ गते सिद्धार्थ कटेज रुपन्देहीमा उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभामा बैंकको हाल कायम रहेको चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बराबरको बोनस शेयर पारित हुनेछ । त्यसै,बैंकले ३३ प्रतिशत हकप्रद बिक्री गर्ने योजना अघि सारेको छ।
सभामा बैंकको नियमावली अनुसार शेयरधनीका तर्फबाट चारजना र सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना संचालक निवनर्चित हुनेछ ।
त्यस्तै मर्जर सम्बन्धी सम्पूर्ण कार्यको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव सभामा हुने भएको छ ।