काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले यस अघि (चैत २६) गते स्थगन भएको ७ औं वार्षिक साधारण सभा असार २२ हुने भएको छ।कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकका अनुसार बैंकको केन्द्रीय कार्यालय कास्की, पोखरामाुभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव लाने भएको छ।साथै, सभामा मर्जरको बिषय उपयुक्त देखिएको खण्डमा उक्त कामको जिम्मेवारी संचालक समितिलाई दिने विषय पनि सभामा छलफलका गरिने छ ।
उक्त सभामा चैत नौ गतेसम्म कायम शेयरधनीहरुले मात्र भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।