Connect IPS
IME Life

भोलिबाट बीमा कम्पनीहरु दुई सिफ्टमा सञ्चालन गर्ने बारे छलफल हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले भोलिबाट दुई सिफ्टमा कार्यालय सञ्चान गर्ने बारेमा छलफल सुरु गरेका छन् । नेपाल बीमक संघले आज बैठक राखेर छलफल गर्ने भएको छ भने जीवन बीमक संघले बीमा समितिसँग छलफल गरेर औचित्य र आवश्यकताको आधारमा निर्णय गर्ने भएको छ ।

नेपाल सरकारको कोरोना महामारीमा व्यक्तिगत दुरी कायम गरी न्यून चापमा कार्य सम्पादन गर्ने उद्देश्यले भोलि अर्थात असार १ गतेदेखि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि बीमा कम्पनीहरु सो निर्णय कार्यान्वयन गर्ने बारेमा आज छलफल गर्न लागेका हुन् ।
नेपाल सरकारको निर्णय अनुसार बीमा कम्पनीहरु भोलिबाट दुई सिफ्टमा सञ्चालन गर्ने सम्बन्धमा तयारी सुरु भएको छ । नेपाल बीमक संघले भोलि अर्थात असार १ गतेबाट दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने सम्बन्धमा आज कार्य समितिको बैठक राखेर छलफल गर्ने भएको छ । स्रोतका अनुसार निर्जिवन बीमा कम्पनीहरु दुई सिफ्टमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्न तयारी अवस्थामा छन् । सरकारले सरकारी सार्वजनिक निकाय भनेकाले बीमा कम्पनीहरुले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न लागेका हुन् ।

Prabhu
Crest

उता, जीवन बीमक संघले भने बीमा समितिसँग छलफल गरेर मात्रै दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने नगर्ने निर्णय गर्ने भएका छन् । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेका अनुसार आज बीमा समितिसँग छलफल गरेपछि मात्रै संघले निर्णय गरेर सोही अनुसार कार्यालय सञ्चालन हुनेछन् । ‘जोर बिजोर चलाउने कुरा छ । सबैसँग दुई वटा गाडी त हुँदैन । बीमा समितिमा छलफल गरेपछि मात्रै सो सम्बन्धमा निर्णय गर्छौ ।’ अध्यक्ष पाण्डेले भने ।

नियामक निकाय बीमा समितिले भने आजैबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न सुरु गरिसकेको छ । बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले भने, ‘हामीले आजबाट दुई सिफ्टमा सञ्चालन गरिसकेका छौं । विहान ८ बजेदेखि ६ बजेसम्म बीमा समिति खुल्छ ।’ अधिकारीले बीमा कम्पनीहरु आफु अनुकूल कार्यालय सञ्चालन गर्न स्वतन्त्र रहेको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS