काठमाडौं । लकडाउनसँगै बन्द भएको शेयर बजार खोल्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लामो समयसम्म शेयर कारोबार बन्द हुँदा जनताको सम्पत्ति बन्दक बनेको भन्दै खोल्न माग गर्दै रिट दायर गरिएको हो ।
सरकारले आगामी असार १ गतेदेखि शेयर खोल्ने सम्बन्धमा सकारात्मक रुपमा लिएर छलफल सुरु गरेको बेला बिहिवार रिट दायर गरिएको हो । यससँगै नेपाल धितोपत्र बोर्डलाई शेयर कारोबार खोल्न थप मद्दत पुग्ने अनुमान गरिएको छ ।
हाल शेयर कारोबार असार ३२ गतेसम्मको लागि बन्द गरिसकिएको छ । उक्त म्याद सकिन तीन दिन बाँकी रहँदा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।